Riot Control, Tripureshwor

परिचय

नेपाल प्रहरी संगठनको सुद्दढीकरण गरी अपराध नियन्त्रण एवं सु-व्यवस्थाको कायम र उपत्यका भित्र हुनसक्ने अपराधिक क्रियाकलाप, साम्प्रदायिक हुलदंगा लगाएतका घटना तत्काल नियन्त्रण गर्ने उद्देश्यले समायानुकुल दंगा प्रहरीको आवश्यकताको महसुस गरी नेपाल सरकारको २०६३ साल पौष २९ गतेको निर्णय अनुसार महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्‍वर, काठमाण्डौको स्थापना भएको हो।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट उपत्यका भित्र हुनस्कने भिड अपराधिक क्रियाकलाप, हुलदंगा र साम्प्रदायिक दंगा जस्ता घटना र कुनै पनि किसिमका सुरक्षा कार्या लगायत बिभिन्न किसिमका आपतकालिन स्थिती समेतलाई मध्यनजर राखी माग भए अनुसारको जनशक्ति परिचालन गरी सबल र सक्षम सुरक्षाको कार्य गर्दै आएको।

उद्देश्य

उपत्यका भित्रपर्ने कुनै पनि किसिमको सुरक्षा कार्य लगायतका बिभिन्न किसिमको आपतकालिन स्थिति तथा हुलदंगा हिसात्मक कृयाकलाप रोकथाम एवं नियन्त्रण गर्ने कार्यामा दक्ष जनशक्ति तयार पारी दुरुस्थ हालतमा राख्ने उदेद्दश्य लिईएको छ।

महानगरीय दंगा नियन्त्रण प्रहरी गणको जनशक्ति

दर्जा

दरबन्दि संख्या

प्र.उ.

प्र.ना.उ.

प्र.नि.

प्र.ना.नी

२२

प्र.स.नी.

३०

प्र.ह.

९३

प्र.ज.

४१२

प्र.प.

३५

जम्मा

६००

 

जिम्मेवारी तथा कार्यहरु

  • शान्ति सुरक्षा व्यवस्थापन।
  • बिशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था।
  • राष्ट्रिय चाडपर्व, समारोह उत्सव एंव मेलाको अवसरमा सुरक्षाको व्यवस्था।
  • प्रकृतिक तथा दैबिप्रकोप उद्धार कार्यमा तैनाथ ।
  • हुल दंगा,हुंसात्मक कृयाकलाप रोकथाम तथा नियन्त्रण।
  • प्रशिक्षण कार्यक्रम संचालन।
  • अन्य बिशेष सुरक्षाको व्यवस्था।

 

भावी योजना

  • विकसित राष्ट्रहरु जस्तै प्रहरी सम्बन्धित सुधारहरुलाई नेपालको परिवेश अनुसार समाबेश गर्नको लागि आवश्यक श्रोत साधान निकासा गर्ने तर्फ बिशेष जोड दिने।
  • संगठनको निति निर्देशन बिरुद्ध काम कारबाही गर्ने प्रहरी कर्मचारीहरुलाई विभागीय कारवाही गरी अन्य कर्मचारीहरुलाई त्यस्तो काम कारवाही नगर्न सचेत गर्ने।
  • सशस्त्र प्रहरी युनिट तथा गण गुल्ममा एउटा निश्चित अवधिसम्म मात्र दरबन्दि भई कार्य गर्नपर्ने र सो पश्चात सिभिल प्रहरी तर्फ सरुवा हुने केन्द्रिय निति रहेको हुदा सो अनुशार भए नभएको सुपरीबेक्षण तथा अनुगमन गर्ने।
  • तत्काल उपत्यका भित्र कुनै पनि अपराधिक कृयाकलाप,हुलदंगा साम्प्रदायिक दंगा जस्ता घटना घटेमा कार्यरत प्रहरी  जनशक्ति परिचानल हुदाका वखत कम भन्दा कम मानविय क्षती तथा मानव अधिकारको संरक्षणकालागि आवश्यक थप अनुशिक्षण तालिमहरु दिने ब्यवस्था गर्दै जाने।
  • विभगिय निती निर्देशनको पालना गर्ने तथा विभिन्न गैंर सरकारी संघ संस्थाहरुसंग समन्वय गरी कार्य गर्दै जाने।