जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

काठमाडौं, ५ जेठ

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने धादिङ निलकण्ठ नगरपालिका-११ घर भएका ६० वर्षीय कृष्ण बहादुर लम्साल लगायत ४ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १ लाख ९१ हजार १ सय ५० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

            यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।