तास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

काठमाडौं, वैशाख २९ गते

           महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१६ बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्वर गौतमको सोही ठाउँस्थित फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा गौतम समेत गरी २५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटेल भित्र तास खेलिरहको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाईन सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।