अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २० फागुन

काठमाडौं, चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ७ सय एम्पुल नोर्फिन, ७ सय एम्पुल फेनारगन र ९ सय एम्पुल डाईजेपाम सहित पर्सा जिल्ला छिपरमाई गाउपालिका - ५  बस्ने ३५  वर्षीय  उपेन्द्र कुमारलाई बिहिबार बिहान  प्रहरीले पक्राउ गरेको छ । पर्साबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ६३७७ नम्बरको यात्रु बहाक बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उपेन्द्रलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।