अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २० फागुन

काठमाडौं, चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ९ सय एम्पुल नोर्फिन, ९ सय एम्पुल फेनारगन र ९ सय एम्पुल डाईजेपाम सहित बारा सुवर्ण गाउँपालिका-७ घर भएका १९ वर्षीय सोनु कुमार यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७४५० नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार यादवलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।