अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७७ फागुन १७ गते

          काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ ढाक्सीबाट ३ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३५ बर्षीया सुनिता अधिकारीलाई आइताबर दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग मातातिर्थबाट खटिएको प्रहरीले अधिकारीको घर तलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।