अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ९ फागुन

       भक्तपुर, भक्तपुर नगरपालिका-१ डा. इवामुरा अस्पताल अगाडि सडकबाट नियन्त्रित लागूऔषध ३ सय थान डाईजेपाम, ३ सय थान नोर्फिन र ३ सय थान फेनारगन सहित भारत बेतिया सिक्टा बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध किनबेच गर्ने व्यक्तिहरुको गतिविधि छ भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।