अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, ५ फागुन

             काठमाडौं महानगरपालिका-२६ सातघुम्तीबाट नियन्त्रित लागूऔषध १० एम्पुल डाईजेपाम, १० एम्पुल फेनारगन, १० एम्पुल लुपिजेसिक र अवैध लागूऔषध चरेश जस्तो देखिने १ सय ५० ग्राम खैरो ठोस पदार्थ सहित सोही महानगरपालिका-१७ नरदेबी बस्ने काभ्रे घर भएका रोसन परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले प्रदेश ३-०२-०२१ प ८९९९ नम्बरको स्कुटरलाई जाँच गर्दा चालक रोसनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

भक्तपुर, भक्तपुर नगरपालिका-१ दुधपाटीबाट नियन्त्रित लागूऔषध २ सय ६७ एम्पुल बुप्रेनोर्फिन, २ सय ६७ एम्पुल डाईजेपाम,  २ सय ६७ एम्पुल फेनारगन र नगद ५० हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने ३२ वर्षीय राजन ख्याईजुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।