सालक सहित पक्राउ

काठमाडौं, २०७७ माघ २९ गते

          काठमाडौं महानगरपालिका-१५ ठाडोभर्‍याङ्गस्थित सडकबाट जिउँदो सालक सहित सोही महानगरपालिका-१२ टेकु बस्ने ४३ वर्षीय निर्मल महर्जनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चामलको बोराभित्र बाल्टिनमा उक्त जिउँदो सालक सहित फेला परेका निर्मललाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय बुझाइएको छ ।