अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७७ माघ २२ गते

             काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट करिब १ किलो अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित बारा जितपुर सिमरा उपमहानगरपालिका-९ बस्ने १९ वर्षीय अनुज चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.१ ख ९१८१ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ