तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं, २०७७ माघ २० गते

        काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बस्ने विष्णु प्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे चौरीदेउराली बस्ने ४१ वर्षीय यज्ञ बहादुर गौतम लगायत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
         विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ३ सय रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।