बाघको १ थान छाला जस्तो देखिने वस्तु सहित पक्राउ

काठमाडौं, २०७७ पुस २७ गते

      काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट १ थान बाघको छाला जस्तो देखिने वस्तु सहित भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१५ बस्ने दोलखा जिरी नगरपालिका-६ घर भएका ४८ वर्षीय जय बहादुर जिरेल समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त नयाँ बनेश्वरबाट खटिएको प्रहरीले उक्त बस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।