स्रोत नखुलेको नगद सहित पक्राउ

काठमाडौं, २०७७ पुस २७ गते

        महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित चितवन माडी नगरपालिका-६ बस्ने २६ वर्षीय राम कुमार गुरुङलाई सोमबार बिहान पक्राउ गरेको छ । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनको झोलामा लुकाई ल्याएको उक्त नगद र चेक सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।