सुन तथा नगद ठगी

भक्तपुर, २३ पुस

भक्तपुर नगरपालिका-१ स्थित औद्यौगिक क्षेत्रबाट सिन्धुपाल्चोक लिशंखु गाउँपालिका-१ घर भई मानव अंग प्रत्यारोपण केन्द्र दुधपाटीमा मृगौलाको उपचार गराईरहेकी ४५ वर्षीया महिलाको २ तोलाको सुनको १ जोर रिङ र नगद ३ हजार रुपैयाँ बुधबार दिउँसो ठगी भएको छ ।

२ जना अज्ञात व्यक्तिहरुले सुन जस्तो देखिने पहेँलो धातु देखाई फकाई ती महिलाले लगाएको उक्त सुन र नगद ठगी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर समेतबाट खटिएको प्रहरीले ठगी गर्ने व्यक्तिहरुको खोजी तथा यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।