सेवाग्राहीलाई अनावश्यक दु:ख हैरानी दिएको अभियोगमा पक्राउ

काठमाडौं, २३ पुस

चन्द्रागीरी नगरपालिका-१० गुर्जुधारास्थित यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दु:ख हैरानी दिएको अभियोगमा बाँके कोहलपुर नगरपालिका-१० घर भएका २४ वर्षीय बाल कृष्ण खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।        

यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दु:ख हैरानी दिने र बाटो बाटै तानेर आफ्नो सटरतिर लैजाने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरीले खत्रीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।