प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिने नियन्त्रणमा

ललितपुर, २०७७ पुस २२ गते

            महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभियोगमा महालक्ष्मी नगरपालिका-४ कमल पोखरी बस्ने काभ्रे घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठले प्रहरी कन्ट्रोलमा फोन गरी राति सम्ममा ठुलो क्राईम गर्छु अनि आफु नि मर्छु भनि अनावश्यक हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । श्रेष्ठ उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।