अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौं, २०७७ पुस २२ गते

      काठमाडौं, चन्द्रागिरी नगरपालिका-८ शितलबस्तीबाट मातातिर्थ घर भएका ३२ वर्षीय सुमन कार्की र सोही नगरपालिका-५ महादेबस्थान बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध १ सय १९ ट्याबलेट नाईट्राभेट र २ थान मोबाईल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई प्रहरीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।