अवैध लागूऔषध पक्राउ

काठमाडौं, २०७७ कात्तिक २३ गते

        महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले यही कात्तिक २२ गते बेलुका चन्द्रगिरी नगरपालिका-१२  सिप्रदि स्थित चोकमा चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ घर भई काठमाडौं महानगरपालिका-१४ बाफल बस्ने बर्ष ४३ को चन्द्रमान भोलनले हरियो झोलामा लुकाइछिपाइ ल्याएको नाइट्राभेट ५४६ ट्यब्लेट्स स्पासमो ९६ ट्यब्लेट्स सहित निज चन्द्रमान भोलनलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।