तास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं, २०७७ कात्तिक २३ गते
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका-२ कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४० वर्षीय नवराज श्रेष्ठ लगायत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।