प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा ट्राफिक जनचेतनाको लागि सांगितिक डमी अभियानको सुभारम्भ ।

काठमाडौं, २०७७ कात्तिक २२ गते
     महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज एक कार्यक्रम बिच ट्राफिक जनचेतनाको लागि सांगितिक डमी अभियानको सुभारम्भ गर्नुभएको छ । कार्यक्रममा ट्राफिक जनचेतनाको लागि सांगितिक डमी अभियानमा सहयोग गर्नुहुने वरिष्ठ कलाकारहरु, कलाकार र समाजसेवीहरूलाई सम्मान गर्नुहुदै वहाले ट्राफिक नियम उलंघन गर्ने कारण पहिचान गरी त्यसको स्थायी समाधान खोज्नु पर्ने कुरामा जोड दिनुभयो ।
      कार्यक्रममा वरिष्ठ कलाकारहरु मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्देशक तथा कलाकार दिपाश्री निरौला, कलाकार जितु नेपाल र काठमाडौ महानगरपालिकाका शहरी सुव्यवस्थापन विभागका प्रमुख, हरी बहादुर कुँवरले आ-आफ्ना मन्तव्य राख्नुभएको थियो ।
     काठमाडौ महानगरपालिकाको सहकार्यमा उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउन, नागरिकलाई सचेत गराउन र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले यो कार्यको सुरुवात गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताउनु भएको छ ।
      कार्यक्रममा सामाजिक अभियन्ता एवं समाजसेवी, याङजोङ शेर्पा, राधा पोखरेल, पत्रकार लगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्याक्रम ट्राफिक प्रहरीले ट्राफिक सचेतना सम्बन्धी नृत्य समेत प्रस्तुत गरेका थिए । ट्राफिक सचेतना अभिवृद्धी गर्ने उदेश्यले उपत्यकाका विभिन्न स्थानमा डमी ट्राफिक प्रहरी राखिएको छ ।