पटाका सहित पक्राउ

काठमाडौं, २०७७ कात्तिक २१ गते

          महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१३ कालिमाटीस्थित सडकबाट गोल्डेन कोब्रा लेखिएको ४० बण्डल पटाका सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.१६ च ४९७८ नम्बरको गाडीमा जाँच गर्दा उक्त पटाका फेला पारी गाडी चालक मकवानपुर राईगाँउ-२ बस्ने ३७ वर्षीय जेसन राई लगायत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।