श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित एक जना पक्राउ

काठमाडौं, २०७७ कात्तिक २१ गते

         महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी(पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस जाँच गर्दा  उक्त बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।