अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७७ कात्तिक २१ गते

            महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वर संगम बस्तीबाट ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा चारआली गाउँपालिका-१० घर भएकी २० वर्षीया सलिना श्रेष्ठ, झापा मेचीनगर नगरपालिका-१२ घर भएका २१ वर्षीय छवि राना र उदयपुर बेलटार नगरपालिका-१३ घर भएका २६ वर्षीय महेन्द्र राई रहेका छन् । उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।