बालीकाको सकुशल उद्धार गरी अपहरणमा संलग्न ३ जना पक्राउ

काठमाडौं, २०७७ कात्तिक ४ गते

          महानगरीय प्रहरी परिसर,ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले यही कात्तिक ३ गते बेलुका  ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट बालीकाको सकुशल उद्धार गरेको छ ।

            ललितपुर माहालक्ष्मी नगरपालिका-४ इमाडोलबाट अपरिचित ३/४ जना व्यक्तिहरूले बालीकाको अपहरण भएको भनि सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट  बालिका सकुशल उद्धार गरी अपहरणमा संलग्न जिल्ला सर्लाही हरिवन नगरपालिका  ८ बाँसटोल घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्वी बस्ने बर्ष ३० को राजु कार्की, जिल्ला काभ्रे  नबोबुद्व  नगरपालिका ८ घर भई सोही स्थान बस्ने बर्ष २३ कि सिता परियार र जिल्ला  धनुषा धारापानि गाउँपालिका २ घर भई सोही स्थान बस्ने बर्ष ४० को कृष्ण तोलाङ्गीलाई प्रहरीले पक्राउ गरेको छ ।  घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।