चोरीका ४ थान मोटरसाईकल सहित ३ जना पक्राउ

काठमाडौं, २०७७ कात्तिक ४ गते

         महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले यही कात्तिक ३ गते रातीको समयमा चोरीका ४ थान मोटरसाईकल सहित ३ जनालाई मध्यपुर ठिमी नगरपालिका ८ बोडेबाट पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा जिल्ला रामेछाप ठोसे घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका ८ बोडे बस्ने बर्ष १८को अरुण तामाङ, जिल्ला दोलखा भिमेश्वर नगरपालिका ४ घर भई मध्यपुर ठिमी नगरपालिका ८ बोडे बस्ने बर्ष २२ को महेश तामाङ र जिल्ला सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ घर भई काठमाण्डौ मुलपानी बस्ने बर्ष २९ को मनोज लामा छन् । निजहरूले विभिन्न मितिमा चोरी गरेका लु.६३ प ७०७४ नम्बरको २०० सिसिको NS मोटरसाईकल  ( नंम्बर परिवर्तित गरी प्रदेस नम्बर ३ -०२-०१७ प ६१६७ राखेको ) प्रदेस  नम्बर ३-०२-००३ प ३८३५ नम्बरको २०० सिसिको NS मोटरसाईकल, प्रदेस  नम्बर ३ -०३-०१०प १५६७ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल, प्रदेस  नम्बर३-०२-०१८ प ४७४१ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल प्रहरीले बरामद गरेको छ । घट्ना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।