सामाजिक संजाल प्रयोग गरी रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २०७७ असोज २० गते

सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-७ गुर्जुधारा बस्ने रुपन्देही सैनामैना नगरपालिका-११ सालझण्डी घर भएकी ३१ वर्षीया सिता भुषाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुकमा Dr.james sonar र James andy नामबाट friend Request पठाई साथी बनाई लण्डनको नागरिक हो भन्दै विवाह गर्छु भनि बिश्वास दिलाई जन्म दिनको अवसरमा गिफ्ट पठाई दिन्छु भनि सुनको सिक्री, आईफोन र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारी लाखौं रकम ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।