जुवातास खेल्ने ६ जना पक्राउ

काठमाडौं, २०७७ असोज २१ गते

          महानगरीय प्रहरी वृत्त स्वायम्भूबाट खटिएको प्रहरी टोलीले यही असोज २० गते २२:०० बजे काठमाण्डौ महानगरपालिका १३ बाफलबाट जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख १८ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित ६ जनालाई पक्राउ गरेको छ ।

         काठमाण्डौ महानगरपालिका १३ सेन्टर फुड क्याफे भित्र जुवातास खेलिरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले  जिल्ला रामेछाप खाँडादेवी गाँउपालिका ३ घर भई काठमाण्डौ बौद्ध बस्ने सोही क्याफे संचालक ३८ वर्षीय  नारायण श्रेष्‍ठ सहित ६ जनालाई उक्त रकम सहित पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको महानगरीय प्रहरी वृत्त स्वायम्भूले जनाएको छ ।