महानगरीय ट्राफिक प्रहरी महाशाखामा संयुक्त मेश भवन तथा Lost & Found Vehicle Management System उदघाटन तथा निर्देशन ।

काठमाण्डौ,१८ असोज

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय ट्राफिक महाशाखाको हाता भित्र प्रहरी अधिकृत तथा जवानहरूको संयुक्त मेश भवन तथा Lost & Found Vehicle Management System उदघाटन तथा निर्देशन सम्बोधन गर्नुभयो ।

उदघाटन तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि पोखरेलले दर्जागत मेशलाई हटाई एउटै एकिकृत मेश सुधार तथा निर्माण अभियान उपत्यकाको सबै कार्यालयहरूमा संचालन गरिएको स्मरण गराउदै हामीमा भएको समस्याहरू समाधान गर्ने बताउनुभयो ।

ट्राफिक System लाई प्रविधिमा विकास गर्दै लगिने र उपत्यकाको सडकमा रात दिन घाम पानी नभनि निलो पोशाक र सेतो टोपी लगाएर डिउटी गरिरहेको ट्राफिक प्रहरीको ७७ वटै जिल्लाको नागरिकहरूको निग्रानीमा रहने भएकाले उसको बोली,बचन व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छवीमै प्रभाव पार्ने भएकाले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नुपर्ने बताउनु भयो ।

उपत्यकाको सडकमा हरपल डिउटीमै खटिने ट्राफिक प्रहरी एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने हुनाले आर्थिक पक्षमा Zero Tolerance को नीति अबलम्बन गर्न निर्देशन दिदै लोभ, लाभबाट टाढा रहनु भन्दै कुनै पनि कमि कमजोरीलाई पनि आफुले Excuse गर्न नसक्ने, कारवाही गर्ने र उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्ने बताउनु भयो ।

कोभिड संक्रमित भई स्वास्थ्य लाभ गरी आउने प्रहरी कर्मचारीहरूलाई बधाई तथा कोभिड संक्रमितहरूलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्नुहुदै तपाईहरूको कोभिडको उपचारमा जस्तोसुकै अवस्थामा पनि सबै प्रकारको लगानी गर्न वा कुनै कसर बाँकी नराखी उपचार गर्ने श्रद्देय संगठन प्रमुखज्यूको संदेश रहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्नु हुदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले धन्यवाद ज्ञापन गर्नुहुदै प्रहरी प्रधान कार्यालयबाट विनियोजित १३ लाख ५१ हजार ८ सय ९ रूपैयाँको लागतमा मेश निर्माण र Lost & Found Vehicle Management System ११ लाख ९७ हजार ८ सय रूपैयाँको लागतमा तयार भएको जानकारी दिनुभयो ।