अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७७ साउन २६ गते

काठमाडौं, चन्द्रागिरी नगरपालिका-६ महादेब स्थान बस्‍ने २८ वर्षीय बिजय गिरीको घरबाट लागूऔषध ७८ एम्पुल डाईजेल्याब, ३० एम्पुल डाईजेपाम, ४३ एम्पुल नोर्फिन र ४३ एम्पुल रोमेथाजिन आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही नगरपालिका-८ स्थित मातातिर्थ बसपार्कमा प्रहरीलाई देख्‍नासाथ गिरीले चलाई ल्याएको बा.५७ प ३६०१ नम्बरको स्कुटर छाडी भागेपछि उक्त स्कुटरको डिकी भित्र १८ थान सिरीन्ज, १ एम्पुल नोर्फिन, १ एम्पुल डाइजेपाम र १ एम्पुल प्रोमेथाजिन फेला पारेको थियो । साथै घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले गिरीको घर तलासी गर्दा थप उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार रहेका बिजय गिरीको प्रहरीले खोजी गरिरहेको छ ।