जुवा खेल्ने नियन्त्रणमा

काठमाण्डौसाउन १९

           प्रहरीले काठमाण्डौ टोखा नगरपालिका ६ ग्राण्डीमा जुवा खेलिरहेको अवस्थामा एक लाख आठ हजार पाँच सय पचास रूपैयाँ र  जिल्ला धनुषा बट्टेश्वर गाउँपालिका ३ घरभई  टोखा नगरपालिका ६ ग्राण्डीमा बस्ने बर्ष ३२ वर्षीय पुरन श्रेष्ठ सहित  ४ जनालाई आईतबार बेलुका पक्राउ गरेको छ । उक्त स्थानमा जुवा खेलिरहेको छ भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उक्त रकम र १६ थान कौडा सहित निजहरूलाई नियन्त्रणमा लिएको थियो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।