फरार प्रतिवादी पक्राउ

             भक्तपुर, २०७७ साउन १५ गते

            लागूऔषध मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २५ वर्षीय किरण ब्यान्जुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरको २०७४ चैत १८ गतेको फैसलाले १ वर्ष ९ महिना २६ दिन कैद र  १ लाख १ हजार ५ सय रुपैयाँ  जरिवाना फैसला भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जनाएको छ ।