विदेश पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

काठमाडौं२०७७ साउन १५ गते

           महानगरीय अपराध महाशाखा खटिएको प्रहरी टोलीले चेक रिपब्लिक पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१२ बस्ने २६ वर्षीय रमेश कमरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विदेश पठाइदिने प्रलोभनमा पारी नगद ११ लाख १३ हजार रुपैयाँ रकम ठगी गरी फरार रहेको भन्ने सूचनाको आधारमा उक्त महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धाराबाट उनलाई पक्राउ गरेको  हो । रमेशले अन्य १५ जना व्यक्तिहरूबाट समेत विभिन्न देश पठाईदिन्छु भनेर नगद १८ लाख रुपैयाँ समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको छ ।