महानगरीय प्रहरी वृत्त थानकोटको कार्यालय भवन शिलान्यास

काठमाडौं२०७७ साउन १५ गते

          महानगरीय प्रहरी वृत्त थानकोटको कार्यालय भवन बिहीबार आयोजित एक कार्यक्रम बीच शिलान्यास भएको छ । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरीष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ, सोही नगरपालिकाका वडा अध्यक्षहरु, नगरपालिकास्थित विभिन्न कार्यालयका  प्रमुखहरु लगायतको उपस्थितिमा उक्त भवन शिलान्यास गरिएको हो । चन्द्रागिरि नगरपालिका-६ थानकोटमा नवनिर्माण हुने भवनको कूल ६ करोड ६८ लाख ८० हजार ५ सय १५ रुपैयाँ ५३ पैसाको लागतमा निर्माण गरिने सम्झौता भएको उक्त भवन २०७८ मंसिर २४ गतेभित्र सम्पन्न गरिने लक्ष्य राखिएको वृत्तले जनाएको छ ।