सुनको मूर्ति भनी ठगी गर्ने २ जना पक्राउ

काठमाडौं२०७७ साउन १५ गते

           महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सुनको बुद्दमूर्ति बिक्री गर्ने भनी ठगी गर्ने २ जनालाई उपत्यकाका विभिन्न स्थानहरूबाट बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास नगरपालिका-८ बस्ने २१ वर्षीय अनिल बाँनिया र रामेछाप मन्थली नगरपालिका-२ घर भई काठमाडौं जोरपाटी बस्ने ३७ वर्षीय बसन्त श्रेष्ठ रहेका छन् ।
आफूहरूसँग आधा किलो सुनसहितको गौतम बुद्दको मूर्ति रहेको र किन्ने भए २० लाख रुपैयाँमा बेच्छौं भनी नगद १४ लाख रुपैयाँ समेत लिई फरार रहेका उनीहरूलाई नगद १ लाख ९५ हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसरपठाईएको उक्त महाशाखाले जनाएको छ ।