जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं, २०७७ साउन ११ गते

       गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती स्थित ३५ वर्षीय सारदा श्रेष्ठको  घरमा  भएका जुवातास खेलिरहेको अवस्थामा सारदा श्रेष्ठ लगायत ८ जनालाई नगद १ लाख १९ हजार ४ सय र ६ बुक तास सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।  उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

         यसैगरी काठमाडौं महानगरपालिका-१४ सुनारगाँउस्थित राजकुमार कार्कीको घरमा रकम हारजित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुडो खेल्ने र खेलाउने समेत गरी ७ जनालाई १ थान वोर्ड र नगद ८७ हजार ५० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।