स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, १५ असार

                     महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको नगद ६५ लाख ८ हजार सहित २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आज दिउसो १५:०० बजे काठमाण्डौ महानगरपालिका-१४ कुलेश्वरबाट सोहि ठाउँ बस्ने भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको छ । अवैध नगद कारोवार गर्ने गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रकाउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।