अवैध बुद्धचित्तको माला सहित मानिस पक्राउ

काठमाण्डौ, १४ असार

        बिशेष सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले आईतबार बिहान काठमाण्डौ महानगरपालिका १५ स्वयम्भू बडेगालबाट अवैध बुद्धचित्त सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने सरोज तिम्सिना छन् । निजको कोठाबाट अवैध रुपमा बुद्धचित्त सानो  माला ४१६ थान र ठुलो माला ६ थान गरी जम्मा तौल ११ किलो  ७ सय ग्राम र खुल्ला नबुनेको बुद्धचित्त २४ किलो बरामद गरेको छ ।  निजलाई बुद्धचित्तको माला सहित पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको छ ।