नगद लुटपाट गरी भाग्ने क्रममा ३ जना पक्राउ

 काठमाडौं, २ असार

                लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिल बस्ने दार्जलिङ् घर भएकी २४ वर्षीया सानु क्षेत्री सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं ढुङ्गेअड्डा नजिकै सडकमा दोलखा चरिकोट बस्ने ३४ वर्षीय पुरुषको नगद १८ हजार ५ सय रुपैयाँ लुटेर भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।  घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।