घरेलु मदिरा नष्ट गरिएको

भक्तपुर, २८ जेठ

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले गएराती १९:१५ बजे भक्तपुर नगरपालिका ९ स्थित एक घरमा लुकाई छिपाई राखेको अबस्थामा तयारी मदिरा २८ सय लिटर र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ १६०० लिटर नियन्त्रणमा लिइ स्थानियको रोहवरमा नष्ट गरेको छ ।