अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं, २५ जेठ

            प्रहरीले काठमाडौं महानगरपालिका-१५ चौमती बस्ने ४० वर्षीय नविन शाहीलाई अन्दाजी १ केजी अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ सहित शनिबार दिउँसो पक्राउ गरेको छ । उनको घरमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त परिमाणको पदार्थ फेला पारिएको थियो । उक्त लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ सहित निजलाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।