मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ

    काठमाडौं, २१ जेठ

         महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले  मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा  १ जनालाई पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-१५ डल्लुस्थित पार्किङ गरी राखेको बा.८१ प ४०८३ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा धादिङ्ग त्रिपुरा सुन्दरी गाउँपालिका-८ घर भई हाल काठमाडौं सितापाईला बस्ने २२ वर्षीय दिपेश गुरुङलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।