जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाण्डौ, ७ चैत्र

           महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले यही चैत्र ६ गते बेलुका  काठमाण्डौ महानगरपालिका १५ स्वयम्भु बिजेश्‍वरीबाट जुवातास खेलिरहेको अवस्थामा काठमाण्डौ महानगरपालिका १५  स्वयम्भु  बस्ने वर्ष ४९ राजेश सुवाल सहित ५ जनालाई पक्राउ गरेको छ । निजहरूको साथबाट नगद  १ लाख ५३ हजार ४ सय रूपैयाँ र ३ बुक तास  सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।