बम बिष्फोटन घटनामा संलग्न ३ जना पक्राउ

काठमाण्डौ, ७ चैत्र

           जिल्ला भक्तपुर, लोकन्थली-०१ स्थित पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको घरमा बम बिष्फोटन घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कैलाली, भजनी नगरपालिका ०४ स्थायी ठेगना भएका ने.क.पा.(विप्लव) समूहका मध्य कमाण्ड व्युरो सदस्य ३१ बर्ष अमृत बहादुर कुमाल क्षेत्री,  जिल्ला कैलाली, टिकापुर नगरपालिका ०८ स्थायी ठेगना भएका ने.क.पा.(विप्लव) साधारण सदस्य  ३१ वर्षका लक्ष्मण सेट्टी र जिल्ला कालिकोट, सान्नी त्रिवेणी गाउँपालिका ०८ स्थायी ठेगना भएका ने.क.पा.(विप्लव) साधारण कार्यकर्ता वर्ष २७ का टेक वि.क. (अभिषेक) छन् । निजहरूले २०७६।११।२८ गते विहान पूर्व सञ्चार मन्त्री माननीय गोकुल बास्कोटाको घरमा बम बिष्फोटन घटनामा संलग्न रही फरार रहेकोमा  महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलिले काठमाण्डौका विभिन्न स्थानहरूबाट पक्राउ गरि आवश्यक अनुसन्धान भई रहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।