८ लाख ४० हजार मास्क सहित १ जना पक्राउ

काठमाण्डौ, ६ चैत्र

      महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले यही चैत्र ५ गते दिउँसो  काठमाण्डौ महानगरपालिका स्वयम्भु सानोभर्‍याङबाट  ८ लाख ४० हजार मास्क सहित कालोबजारी गरेको अभियोगमा  जिल्ला गोरखा आरुघाट गाउँपालिका-८ घर भई काठमाण्डौ महानगरपालिका  १६ बनस्थली बस्ने वर्ष ३८ को युवराज न्यौपानेलाई पक्राउ गरेको छ ।  बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस प्रकोपबाट बच्न अनिवार्य मास्क, सेनिटाईजर जस्ता सामानको प्रयोग गर्नु भनी बिभिन्न संचार माध्यमबाट आमनागरिकहरुलाई प्रचार प्रसार गरिरहेको अवस्थामा काठमाडौं उपत्यकाभित्र सहज रुपमा पाईने मास्क, सेनिटाईजर जस्ता सामानहरु उत्पादन गर्ने उद्योग, व्यवसायीहरुले कृत्रिम अभाव गराई मुल्य वृद्धि गराएर अनुचिन नाफा लिई विक्री वितरण गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाख टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । स्वयम्भु सानोभर्‍याङमा रहेको गोदाममा Non Woven face mask 3 ply Ear Loop, Type Qty 2000pcs/40 Box लेखिएको ४२० कार्टुनहरु बरामद गरेको छ । उक्त परिमाणको मास्क सहित निज युवराज न्यौपानेलाई पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।