चरेश सहित १ जना मानिस नियन्त्रणमा

काठमाण्डौ, ५ चैत्र

       महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले यही चैत्र ४ गते दिउँसो काठमाण्डौ महानगरपालिका १४ कलंकीबाट ६ किलो १५० ग्राम चरेश सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने  भारत बिहार घर बताउने बर्ष ३६ को अनवर अली अन्सारी छन् । होटल एण्ड लज चेकजाँच गर्ने क्रममा राजधानी गेष्ट हाउस एण्ड रेष्टुरेण्टको कोठा नं.११५ बाट ६ किलो १५० ग्राम चरेश सहित निजलाई पक्राउ गरिएको हो  ।  उक्त परिमाणको चरेश सहित निज अन्सारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।