जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, ४ चैत्र

       महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले यही चैत्र ३ गते दिउँसो काठमाण्डौ महानगरपालिका-३२ पेप्सीकोला एक घरमा जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका  ७ घर भएको हरेराम तिमल्सिनाले भाडामा लिई गार्मेन्ट उद्योग संचालन गरेको घरको छतको जुवातास खेलिरहेको अवस्थामा निज  हरेराम तिमल्सिना सहित ६ जनालाई पक्राउ गरेको छ । निजहरूको साथबाट नगद ५३ हजार ९ सय ६५ रूपैयाँ र ६ बुक तास  बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।