लागुऔषध सहित पक्राउ

काठमाण्डौ, ४ चैत्र

          महानगरीय प्रहरी प्रभाग  नागढुङ्गा खटिएको प्रहरी टोलीले यही चैत्र ३ गते दिउँसो नागढुङ्गा चेक प्वाइन्टमा  नियमित चेकिङको क्रममा नुवाकोटबाट काठमाण्डौ तर्फ आउदै गरेको बा. २ ज २७४ नम्बरको ट्याक्सीलाई चेकजाँच गर्दा  उक्त टयाक्सीमा सवार जिल्ला  धादिङ गजुरी गाउँपालिका ४ बस्ने बर्ष ३२ को जिवन प्रजालाई लागुऔषध गाँजा ३ किलो ८९५ ग्राम सहित नियन्त्रणमा लिईएको छ ।  उक्त परिमाणको गाँजा सहित निज प्रजालाई पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको छ ।