जुवातास खेल्ने नियन्त्रणमा

काठमाण्डौ, ०२ फाल्गुन

        महानगरीय प्रहरी वृत्त थानकोटले जुवातास खेल्ने ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही १ गते १४:०० बजे चन्द्रागिरी नगरपालिक-३ नमुना वस्ती स्थित एक घरमा जुवातास खेलिरहेको अबस्थामा धादिङका सुदिप रेग्मी सहित ६ जनालाई नगद ४० हजार ७ सय ९५ रूपैया सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।