लागुऔष सहित मानिस नियन्त्रणमा

काठमाण्डौ, ०२ फाल्गुन

           महानगरीय प्रहरी प्रभाग नागढुङगाले अबैध लागुऔषध पोल्याण्ड सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही १ गते १३:१० बजे चन्द्रागिरी नगरपालिका-२ नागढुङगामा धादिङबाट काठमाण्डौ आउदै गरेको बा.५ ख.६२५१ नम्बरको यात्रुबाहक सवारी साधनलाई चेकजाँच गर्दा रामेछाप दोरम्बाका भिम बहादुर मगरलाई पक्राउ गरेको छ । मगरको साथबाट प्रहरीले लागुऔषध पोल्याण्ड २ किलो बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।