सुन जस्तो देखिने पहेलो धातु सहित ३ जना नियन्त्रणमा

काठमाण्डौ,२७ माघ

     महानगरीय प्रहरी वृत्त बालाजुले सुन जस्तो देखिने पहेलो धातु सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले आईतबार विहान तार्केश्वर नगरपालिका-८ शेषमतीबाट जितपुर फेदी बस्ने नुवाकोट तादी-५ का सविन लामा सोही ठाउँका शर्मीला लामा र प्रिया लामालाई पक्राउ गरेको छ । उनिहरूले लुकाई राखेको सुन जस्तो देखिने Switzerland 1 k.g.fine Gold 999.9 लेखिएको पहेलो धातु बरामद गरेको छ । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।